तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट अछाममा कार्यरत स्वास्थ्यकर्मी श्रेष्ठको मृत्यु

अछाम । अछाम जिल्लामा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएको छ । अछामको तुर्माखाँद गाँउपालिका वडा नम्बर २ मा अवस्थित रहफ स्वास्थ्य चौकीमा कार्यरत ५५ बर्षका सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका स्वास्थ्यकर्मी सिनियर अहेब श्रेष्ठको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी जोशीका अनुसार श्रेष्ठ बिरामी भएर धनगढी गएको बेला उतै परिक्षणका क्रममा कात्तिक २४ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट मृत्यु हुने उहाँ अछाम जिल्लामा कार्यरत पहिलो स्वास्थ्यकर्मी हुन् ।

जोशीका अनुसार जिल्लामा हाल १७ जना सक्रिय संक्रमित रहेका छन् । अछामको कमलबजार पिसिआर प्रयोगशालामा आज भएको परिक्षणमा जिल्लाका थप २ जनामा कोरोना संक्रमण देखिएसंगै अछाममा कुल संक्रमितको संख्या भने ११ सय ६१ पुगेको छ । यो संगै कोरोना भाईरसको संक्रमणका कारण अछामका ५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button