तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्रीद्वारा विराट कुस्ती प्रतियोगिताको उद्घाटन

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज महानगरपालिका वडा नम्बर –१६ ईनार्वामा आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

नेपाल–भारतका पहलमानको प्रतिष्ठाको लडाईको रुपमा वीरगञ्ज–१६ ईनार्वामा विगत लामो समयदेखि यो कुस्ती प्रतियोगिता हुँदै आएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुस्ती प्रतियोगिता तराई मधेशको पहिचानसँग जोडिएको हुँदा यसको संरक्षणको लागि प्रदेश सरकारले आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

विराट कुस्ती प्रतियोगितामा नेपालको नवलपरासी, पर्सा, बारा, रौतहट, महोत्तरी, धुनषा, सप्तरी तथा भारतको बेतिया, सीताभढि, सिवान, पन्जाब, राजस्थान, गाजियाबाद, बनारस लगायतका चर्चित पहलमानहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button