तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप एक जना ६८ बर्षीया महिलाको मृत्यु

बाँके । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप एक महिलाको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ की ६८ वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएकोे हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि ती महिलालाई कात्तिक २८ गते भेरी अस्पताल नेपालगन्ज भर्ना गरिएको थियो ।

अस्पतालमा भर्ना भएलगत्तै उनको स्वाव परीक्षण गरिएको र उक्त परीक्षणमा ती महिलामा कोरोना भाइरस सङ्क्रमण पुुष्टि भएको जिल्ला कोभिड -१९ संकट ब्यवस्थापन केन्द्रले जनाएको छ ।

कोरोना सङक्रमण पुष्टि भएपछि कोरोना विशेष वार्डमा सारेर रोगको प्रकृति अनुसार सम्पूर्ण उपचार बिधि अपनाउँदा समेत ती महिलालाई बचाउन नसकिएको अस्पताल स्रोतलाई उद्धृत गर्दै केन्द्रले जनाएको छ ।

कोरोना सङ्क्रमित बृद्धाको उपचारकै क्रममा आज (शनिबार) दिउँसो २ः०० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएभयो ।

योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ ।

शवको उचित ब्यवस्थापनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button