तपाईँ सुन्दै हुनुहुन्छः

भेरीको परीक्षणमा बाँकेका ३९ सहित ६० जनामा कोराना पुष्टि

बाँके । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ३९ जनासहित ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो ४८ घण्टामा गरिएको २ सय १२ नमुनाको परीक्षणमा बाँकेका ३९ सहित ६९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी बर्दियका १२, दाङका ४, दैलेख, कैलाली, प्युठान, रुकुम पश्चिम र रोल्पाका एकएक जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

हालसम्म ४८ हजार ८ सय ४७ जनाको परीक्षण गर्दा ४ हजार २ सय ७६ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button