तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जान्छः मन्त्री भट्ट

फाइल तस्बिर

कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित भएको औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताउनुभएको छ ।

कैलालीको टीकापुरमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र विस्तारमा सरकारले उच्च प्राथमिता दिएको बताउनु भयो ।

उहाँले टीकापुरमा मैदा उद्योग र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भयो ।

लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले त्यस क्षेत्रमा उद्योग व्यापार फस्टाउने निश्चित भएको पनि उल्लेख गर्नु भयो । कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालनका गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button