तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान

कपिलवस्तु । कपिलवस्तुका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

जिल्लाका बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउपालिकाका ६० सामुदायिक बिद्यालयहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको हो ।

लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीको पहलमा चाडपर्व सकिएसंगै कपिलवस्तुको क्षेत्र नम्बर १ को (क) अन्तरगत निर्वाचन क्षेत्रका विद्यालय सुचारु हुने भएपछि मास्क र सावुन निशुल्क वितरण गरिएको हो ।

सांसद पन्थीले विकासको मुल मेरुदण्ड शिक्षा भएकाले जब सम्म शैक्षिक क्षेत्रमा विकास हुन सक्दैन तव सम्म देश विकास हुन नसक्ने दाबी गर्नु भयो ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी विद्यालयहरुमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।

सांसद पन्थीको पहलमा नेपाल राष्ट्रिय शिक्षक सगंठन कपिलवस्तु र साइन रेसुङगा डेभलपमेण्ट बैंकको सहकार्यमा २ लाख ५० हजार बराबरको मास्क र साबुन बितरण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button