तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा समृद्धिको अभिभारा पूरा गर्न बनेको पार्टीः मुख्यमन्त्री राई

सोलुखुम्बु । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले नेकपा फुट्नका लागि नभई विकास, सुसासन र समृद्धिको अभिभारा पूरा गर्न बनेको पार्टी भएको बताउनुभएको छ ।

सोलुखुम्बुको माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले नेकपाको अन्तरविरोधमा विकास र संघीयता विरोधीहरु खुशी भएपनि साना साना फुटेका कम्यूनिष्ट पार्टीहरुलाई जोडेर देशको नेतृत्वका लागि नेकपा बनेकाले फुट्ने कल्पना समेत गर्न नसकिने स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा छिमेकी मुलुकहरुबाट दैनिक हजारौँ पर्यटक भित्र्याउनका लागि तराईदेखि विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदीसम्म पुग्ने फास्ट ट्रयाकको सर्वे भइसकेको मुख्यमन्त्री राइले जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय सांसद हेमकुमार राईले निर्वाचनताका उद्घोष गरेका बाचा धमाधम पूरा गर्ने क्रममा रहेको बताउनुभयो । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूण भूमिका खेल्ने उक्त पुल सोलुखुम्बुको पर्यटनको विकासमा कोसेढुंगा सावित हुने धारणा राइले राख्नुभयो ।

त्यस्तै, प्रदेश नं. १ का योजना तथा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोले प्रदेश सहित तीनै तहको सरकारको सहकार्यमा पुल निर्माण भएको भन्दै अब खुम्बु पासाङ्ल्हमू गाउँपालिका जोड्ने बाँकी पर्यटकीय सडक निर्माणका लागि बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

खुम्बु पासाङल्हमू गाउँपालिका र माप्य दूधकोशी गाउँपालिकाको गौरवको आयोजनाका रुपमा लिइएको उक्त पुलको निर्माण भ्याट सहित ८ करोड ३४ लाख रुपियाँको लागतमा जलप नेपालले निर्माण गरेको हो । २०७६ साल मङ्सिरमा सम्झौता गरी गएको बैशाखमै निर्माण सम्पन्न भए पनि कोभिड १९ का कारण उद्घाटन ढिला भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button