तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा करेन्ट लागेर एउटा हात्तीको मृत्यु 

सप्तरी । प्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।  शनिबार राती कञ्चनरुप नगरपालिका वडा नं. ५ स्थित पडेमारामा धान खान आउँदा बिजुलीको पोलमा जिउ रगडिदा तारमाथि लड्दा करेन्ट लागेर हात्तीको मृत्यु भएको हो ।
११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।
चितवनबाट पशु चिकित्सक आएर मृत हात्तीको पोस्टमार्टम गर्ने सव डिभिजन वन कार्यालय मलेठका जमदार जितेन्द्र गुप्ताले बताउनु भयो ।
उक्त हात्ती कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको गुप्ताले जानकारी दिनु भयो ।
घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुग्नुभएको छ । मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button