तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा पहिलो पटक राष्ट्रिय प्रसारणबाट समुदायमा बिजुली बल्यो

बाजुरा । बिद्युत्त प्राधिकरणले बाजुरामा पहिलो पटक समुदायमा राष्ट्रिय प्रसारण लाइन जोडेर बिजुली बालेको छ । बुढिगंगा नगरपालिका वडा न.३ मा ५१ घरमा बत्ति जोडेर समुदाय स्तरमा राष्ट्रिय प्रसारण लाइन बाट बत्ति बालेको नेपाल बिद्युत्त प्राधिकरण बाजुरा बितरण केन्द्रका प्रमुख महेश चन्द्र भट्टले वताउनु भएको छ ।

बुढिगंगाको सेरामा ५० के भि ए को ट्रान्समिटर जोडेर बुढिगंगा वडा नम्बर ३ मा लाइन बिस्तार गरिएको हो। पहिलो पटक बिजुलि बाल्न पाँउदा स्थानिय निकै खुशी भएका छन्। बुढिगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष खडक अधिकारीले वताउनु भयो । बिद्युक्तका लागि अन्य धेरै ठाउमा प्रयास गरेका भएपनी, अहिले राष्ट्रिय प्रसारण लाइन आएपछि बिजुली बाल्न पाएको उहांको भनाइ रहेको छ ।

नेपाल बिद्युत्त प्राधिकरण बाजुरा बितरण केन्द्रका अनुसार चाडै बुढिगंगा नगरपालिका १, २ र ३ न.वडामा पुरै बत्ति बालि सक्ने जनाएको छ । बुढिगंगा नगरपालिकामा १ हजार घर धुरीमा राष्ट्रिय प्रसारण लाइनको बत्ति बाल्ने योजना रहेको कार्यलयले वताएको छ ।

राष्ट्रिय प्रसारण लाइन समुदायमा जोडिए पछि प्रतिनिधि सभाका सासंद लाल बहादुर थापाद्धारा बत्तिको उद्धघाटन गरिएको छ । सांसद थापाले बाजुराका ९ वटै स्थानिय तहमा चाडो भन्दा चाडो राष्ट्रिय प्रसारण लाइन जोडन पहल गर्ने वताउनु भएको छ । प्राधिकरणले गत बर्ष नै सदरमुकाम मार्तडी नजिकै बिजुली पुर्याइसकेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button