तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा थप ६ जना कोरोना सङ्क्रमितहरु डिस्चार्ज

कञ्चनपुर । कञ्चनपुर जिल्लामा आज थप ६ जना कोरोना सङ्क्रमितहरु निको भएर डिस्चार्ज भएका छन । जिल्लामा अव ५० जना कोरोना संक्रमित रहेका छन ।

जस मध्य महाकाली नगरपालिकाको आइसोलेसन सेन्टरमा ३ जना, बेलौरी को आइसोलेसन सेन्टरमा २ जना, बेल्डाडीको आइसोलेसन सेन्टरमा ४ जना गरि जम्मा ९ जना आइसोलेसन सेन्टरमा रहेका छन भने वांकी ४१ जना होमआइसोलेसनमा रहेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन शिवदत्त जोशीले वताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button