तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चपुरको लिंगालाई मुख्य पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरिने

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित लिङ्गा क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । वेदकोट नगरपालिकाले लिङ्गा क्षेत्रलाई नगरकै पर्यटन प्रवद्र्धनको प्रमुख केन्द्रका रुपमा विकास गर्न लागेको हो ।

जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य हुँदै गएको लिङ्गा क्षेत्रमा पछिल्लो अवस्थामा नगरपालिकाले सो क्षेत्रको पर्यटन प्रवद्र्धन लागि विशेष योजना बनाएको छ । वेदकोट नगरपालिकाका अनुसार धार्मिक तथा साँस्कृतिक रुपले प्रसिद्ध रहेको लिङ्गा (शिवलिङ्गेश्वर) क्षेत्रलाई पर्यटकीय गतिविधि बनाउन विभिन्न योजना अघि सारिएको जनाएको छ । नगरपालिकाका प्रमुख अशोककुमार चन्दका अनुसार लिङ्गा क्षेत्रमा आवतजावत गर्नका लागि केही पूर्वाधारका विकास भएसँगै थप विकासका पूर्वाधारहरु विकास गर्ने कार्य अघि बढेका छन् ।

‘लिङ्गा क्षेत्रको अवलोकन गर्नका लागि बिचबाटोमा पर्ने भम्का र बगुन जोड्ने पुल केही समयमै सम्पन्न गर्न लागिएको नगर प्रमुख चन्दले वताउनु भएको छ । उहांले पुल निमार्णसँगै लिङ्गा क्षेत्र जोड्ने झण्डै ३ किलोमिटर सडक पिच भएको र बाँकी रहेको २ देखि साढे २ किलोमिटर सडक पिच गर्न केही दिनमै तयारी थालिने वताउनु भएको छ ।

धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको शिवलिङ्गेशवर (लिङ्गा) क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल हो । लिङ्गा क्षेत्रको पछिल्लो समय प्रचारप्रसार भएसँगै कोरोना कारण भएको लकडाउन पछिको अवस्थामा पर्यटकको संख्यामा पनि सुधार हुँदै गएको उहांले बताउनु भयो ।

नगरपालिकाले लिङ्गा क्षेत्र जानका लागि तर्नुपर्ने सानो खोलामा सेल्फी प्वाइन्ट पनि बनाउने भएको छ । पर्यटन प्रवद्र्धनको लागि नगरपालिकाले सेल्फी पोइन्टसँगै सो खोलामा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई पनि अगाडि बढाएको छ । यस्तै राति बसेर पूजाआजा गर्नेहरुका लागि पनि लिङ्गा क्षेत्रको परिपरि उज्यालोको लागि सोलार बत्ती जडान गरिएको छ ।

पर्यटकको प्रमुख हबको रुपमा विकास गर्न नगरपालिका विशेष योजनाको साथ लिङ्गा क्षेत्रको ऐतिहासिक महत्व बढाउन अग्रसर भएको उहांले बताउनु भयो । यस्तै वर्षायाममा भूक्षयको सम्भावना बोकेको क्षेत्रहरुमा पनि नगरपालिकाले तटबन्ध निमार्ण गर्ने कार्य गरेको छ । पर्यटकको सम्भावना बोकेको क्षेत्र भएकोले पनि वातावरण अनुकुल नै पूर्वाधारको विकास गरिरहेको पनि नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button