तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढी । कैलालीमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका १७ जना, लम्कीचुहा नगरपालिकाका ४ जना र कैलारी गाउपालिका र गोदावरी नगरपालिकाका एकर एक जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

योसंगै कैलालीमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय ४१ पुगेको छ । तीमध्य हाल सम्म ३ हजार ७ सय ६७ जना संंक्रम मुक्त भएको स्वास्थ्य महाशाखाले जनाएको छ । कैलालीका कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या १९ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button