तपाईँ सुन्दै हुनुहुन्छः

वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको हो । स्विट नेपालको आयोजनामा सञ्चालित कोभिड–१९ प्रतिक्रिया सामाजिक आर्थिक पुनःप्राप्ति परियोजना अन्र्तगत आज वेदकोट नगरपालिका वडा नं.५र ६ मा उद्घघाटन गरिएको स्रोतले जनाएको हो ।

उक्त परियोजनाबाट ५० जना किसानहरु लाभान्वित हुने भएका हुन् । किसानलाई खुर्सानी पकेट क्षेत्रका लागि बीउ, औजार, मल लगायतका समानहरु उपलब्ध गराइएको कार्यक्रमका अध्यक्ष तथा वडा नं. ५ का वडाध्यक्ष विकले बताउनु भएको छ । पकेट क्षेत्र निमार्णका लागि कम्तीमा ३ देखि ५ कट्टा जमिनको प्रयोग गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button