तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ अस्थाई अस्पताल सञ्चालनका लागी डाक्टर पाउन मुस्किल

बैतडी । बैतडीका स्थानियतहहरुलाई कोभिड–१९ अस्थाई अस्पताल सञ्चालनका लागी डाक्टर पाउन मुस्किल भएको छ । हालसम्म जिल्लाको पुर्चौडी नगरपालिकाले मात्रै डाक्टर पाएपछि अस्थाई अस्पताल सञ्चालन गरेको छ भने, अन्य ८ पालिकाले सञ्चालन गर्न सकेका छैनन् ।

जिल्ला अस्पताल रहेको दशरथचन्द नगरपालिका बाहेक अन्य ९ स्थानियतहमा कोभिड–१९ अस्थाई अस्पताल सञ्चालनका लागि संघीय सरकारले बजेट पठाइसकेको भएपनि स्थानियतहले अस्पताल बनाउन सकेका छैनन् । कोभिड–१९ अस्थाई अस्पतालका लागि भौतिक संरचना बनाउदैँ गर्दा कर्मचारीका ेपनि माग गरेकोमा अन्य कर्मचारी पाएपनि डाक्टर नपाएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख नरेन्द्र महताले बताउनुभयो ।

यस्तै तीन पटकसम्म सुचना जारी गर्दापनि अहिलेसम्म डाक्टर नपाएको सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकासिंह धामीले बताउनुभयो । डाक्टरका लागी तोकिएको भन्दा अतिरिक्त सुबिधा दिनेगरि समेत सुचना जारी गर्दा डाक्टर नपाएको उहाँले बताउनुभयो ।

यसैगरि जिल्लाको पाटन नगरपालिकाले पनि तोकिएको भन्दा अतिरिक्त सेवासुविधा दिनेगरि डाक्टरको माग गर्दा समेत डाक्टर नपाइएको जनाएको छ । जिल्लाको पुर्चौडी नगरपालिकाको जस्तै तोकिएको तलव भन्दा थप ५० हजार रकम दिने गरि डाक्टरको माग गर्दा समेत डाक्टर नपाएको नगर प्रबक्ता लोकबहादुर भण्डारीले बताउनुभयो । जिल्लाको दोगडाकेदार गाउँपालिकाले तोकिएको भन्दा अतिरिक्त सेवासुविधा दिनेगरि डाक्टर नियुक्त गर्न लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्रसिंह धामीले बताउनुभयो । अहिले स्थानियतहहरुमा ३ महिनाका लागी कोभिड–१९ अस्थाई अस्पताल सञ्चालन गर्ने भनी १० लाख रकमका दरले बजेट प्राप्त भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button