तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा नेपाली काँग्रेसले बाड्न थाल्यो कृयाशिल सदस्यता

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले नयाँ कृयाशिल सदस्यता बाड्न थालेको छ । १४ औँ महाधिवेशनको पुर्वसंध्यामा नेपाली कांँग्रेसले नयाँ सदस्यता बाढ्न थालेको हो ।

केन्द्रिय कमिटीको निर्देशन अनुसार जिल्ला कार्य समितीले सोमबार देखि नँया कृयाशिल सदस्यता बितरण गर्न थालेको छ ।

पार्टी केन्द्रिय सभापती एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गांउ गन्यापधुरा गाउपालिका–१ रुवाखोला बाट नयाँ सदस्यता दिन शुरुवात गरिएको कांग्रेसले जनाएको छ ।

सोमबार नेपाली काँग्रेस डडेल्धुरा सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले स्थानीय धौलीदेवी सार्कीलाई पहिलो नयाँ कृयाशिल सदस्यता प्रदान गरेर जिल्लाव्यापी रुपमा नयाँ कृयाशिल सदस्यता वितरण कार्यको शुभारम्भ गरेका छन ।

रुवाखोलामा आयोजित कार्यक्रममा वडास्तरमा कृयाशिल कार्यकर्ताहरुका साथै जिल्ला स्तरीय नेताहरु सहभागी थिए । गन्यापधुरा–१ का ८४ जनालाई नयाँ कृयासिल सदस्यता प्रदान गरेको नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर बिष्टले जानकारी दिनुभयो ।

मंगलबार नबदुर्गा गाँउपालिकाको डाडाबनमा आयोजना गरिएको एक कार्यक्रमको आयोजना गर्दे सदस्यता बितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button