तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको खहरेमा बस दुर्घटना, २० जना घाइते

तनहुँ । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–३ खहरेमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा परी २० जना घाइते भएका छन् । घाइते मध्ये १७ जना बसमा सवार हुन् भने ३ जना (बच्चासहित) स्कुटरमा सवार व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको लु२ख ८८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना२५प ५२५४ नम्बरको स्कुटर दुर्घटना भएको हो ।

घाइते मध्ये दुई जनालाई चितवन मेडिकल कलेज र एक जनालाई पोखरा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको आँबुखैरेनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button