तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका विद्यार्थीलाई गाउँपालिकाले दियो ल्यापटप

अछाम । अछामको तुर्माखाद गाउँपालिकाले अपाङ्गता तथा फरक क्षमता भएका एक जना विद्यार्थीलाई ल्यापटप उपलब्ध गराएको छ ।

तुर्माखाद गाउँपालिका वडा नम्बर ४ निवासी फरक क्षमता (दृष्यविहीन) भएका बम बहादुर बिश्वकर्मालाई ल्यापटप उपलब्ध गराएको हो ।

उच्च शिक्षा अध्यनको लागि धनगढी जान लागेका फरक क्षमता भएका क्षमतावान बिद्यार्थी विश्वकर्मालाइ तुर्माखाद गाउँपालिकाले शैक्षिक सामाग्रीको रूपमा ल्यापटप प्रदान गरेको गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनुभयो ।

ल्यापटप हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष शर्माले फरक क्षमता भएका व्यक्तिहरुलाई गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुबिधाको लागि तुर्माखाद गाउँपालिका सधैं तयार रहेको बताउनुभयो ।

साथै उहाँले बिश्वकर्मालाइ उच्च शिक्षा प्राप्तिको सफलताको शुभकामना समेत ब्यक्त गर्नुभएको छ ।

धनगढीमा आइएल अध्ययन गरिरहेका विश्वकर्मालउ ल्यापटपबाट आफुलाई अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । आवाजका माध्ययमबाट आफुले ल्यापटप चलाउन सक्ने उहाँको भनाई छ । षोडशा माध्यामिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका विश्यकर्मा भविष्यमा अधिवक्ता बन्ने लक्ष्यका साथ आईएल अध्ययन गरिरहेको र लक्ष्य भेटेरै छाड्ने बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button