तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा कुनै हालतमा विभाजन हुदैनः नेपाल

वीरगंज । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कुनै हालतमा पार्टी विभाजन नहुने बताउनु भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान बारा शाखाको सिमरामा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले कम्युनिष्ट पार्टीको बैठकमा छलफल, विवाद, आलोचना, आत्मआलोचना हुनु सामान्य विषय भएको बताउदै यसलाई लिएर नेकपा नफुटने दावी गर्नु भयो ।

उहाँले पार्टीलाई एकतावद्ध बनाउने जिम्मा कार्यकर्ताहरुको पनि भएको हुँदा जनताका समस्यालाई समाधान गर्ने गरी पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले पार्टीभित्र विधि र पद्धतिको संस्कार स्थापित गर्न आफू लागिपरेको उल्लेख गर्दै पार्टी भित्र देखिएका समस्याहरु बिधिवत रुपमा छलफलको माध्यमबाट समाधान गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button