तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय बासिन्दाद्वारा नेपाली सवारी साधन भारत प्रवेशमा रोक

वीरगंज । भारतबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाइएको विरोधमा आज रक्सौलका बासिन्दाहरुले नेपाली सवारी साधन रक्सौल प्रवेशमा रोक लगाएका छन् ।

कोरोना संक्रमणका कारण नेपाल सरकारले मंसिर मसान्तसम्मका लागि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेकोले नेपालतर्फ प्रवेश गर्न भारतीय सवारी साधन तथा व्यक्तिलाई समेत रोक लगाइएको विरोधमा भारतीयहरुले नेपालीलाई पनि रक्सौलमा प्रवेश गर्न रोक लगाउदै मितेरी पुलमा प्रदर्शन गरेका थिए । वीरगंजबाट रक्सोलतर्फ गएका नेपालीहरुलाई भारतीयहरुले मितेरीपुलमा रोकेर दुव्र्यवहार समेत गरेको जनाईएको छ ।

उनीहरुले नेपाली नम्बरका सवारी साधनहरुलाई रक्सौल प्रवेशमा रोक लगाएका थिए । प्रदर्शनको समाचार संकलन गर्न गएका नेपाली पत्रकारलाई भारतीय नागरिकहरुले मोवाइल खोसेर दुव्र्यवहार गरेको बताइएको छ ।

पर्सा पोष्ट साप्ताहिकका प्रकाशक अजित कुमार भुजेलले प्रदर्शनको फोटो र भिडियो लिने क्रममा प्रदर्शनकारी भारतीयहरुले उहाँको मोबाईल खोसेर खिचेका फोटो डिलिट गर्न लगाएका थिए ।

नेपाल प्रवेश गर्ने सीमा नाका बन्द भएकोले नेपालतर्फ कडाई भएपछि भारतीय नागरिकले आक्रोश पोखेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button