तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा सीमाबाट ‘होल्डिङ्ग सेन्टर’ हटाइयो

बाँके । नेपाल–भारत सीमा बाँकेको जमुनहा नाकामा राखिएको ‘होल्डिङ्ग सेन्टर’ हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबारदेखि होल्डिङ्ग सेन्टर हटाएको हो । भारतबाट आउने नेपाली नागरिकलाई होल्डिङ्ग सेन्टरमा राखेर सम्बन्धित जिल्ला पठाउने गरिन्थ्यो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतबाट आउनेलाई नेपालगन्ज क्वारेन्टाइनमा राखिन्थ्यो । भारतबाट आउनेको संख्या बढ्दै गएपछि होल्डिङ्ग सेन्टरमा राखेर सम्बन्धित जिल्ला क्वारेन्टाइनका लागि पठाउने गरिन्थ्यो । पछिल्ला दिनमा क्वारेन्टाइन हटिसकेको छ । होल्डिङ्ग सेन्टरको अर्को उद्देश्य भनेको लकडाउनका बेला होटल तथा सार्वजनिक यातायात चलेका थिएनन् त्यसैले भारतबाट आउनेलाई होल्डिङ्ग सेन्टरमा राखेर अन्य सम्बन्धित जिल्ला पठाउनु रहेको थियो ।

हाल सार्वजनिक यातायात पनि चल्नुका साथै होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । भारतसगँको सीमा मङ्सिर मसान्तसम्मको लागि बन्द गरिएको छ त्यस कारणले गर्दा पनि होल्डिङ सेन्टर हटाइएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button