तपाईँ सुन्दै हुनुहुन्छः

तीन दशकपछि गाँउमा पुग्यो खानेपानी, स्थानीयमा खुसीयाली

डडेल्धुरा । २५ वर्षपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको सदरमुकाम गणेशपुर बडालमा खानेपानी पुगेको छ । गाउँपालिकाको सदरमुकाम बडालमा खानेपानी पुगेपछि स्थानीहरुको हर्षको सिमा छैन ।

गन्यापधुरा गाउँपालिकामा रहेको प्रशिद्धधाम गन्यापतालबाट पानीको मुहान बनाएर ल्याएपछि अहिले झण्डै तीन सय भन्दा बढी घरपरिवारहरु लाभान्वित भएका छन । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयहरुको घरदैलोमा पिउने पानी पुगेपछि आफुहरुको बषौं देखिको सपना पुरा भएको स्थानीय रमेश भण्डारीले बताउनुभयो ।

स्थानीय सरकार निर्माणसंगैं तिन दशकयता देखि खानेपानी पुग्न नसकेको सदरमुकामको बस्ती बडाल क्षेत्रका तीन सय भन्दा बढी घरधुरीलाई पिउने पानी पुगेपछि उनीहरु निकै खुसी भएका छन । गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्लले बषौं देखिको खानीपानीको समस्या हटेको बताउनुभयो ।

६० लाख रुपैयाँको लागतमा सम्पन्न भएको खानेपानी योजनामा ३३ लाख रुपैयाँ ग्रामिण जलस्रोत व्यवस्थापनको र वाँकी रकम गाउँपालिकाको रहेको अध्यक्ष मल्लको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button