तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्ता ठगी गर्ने अगरवत्ती सप्लायर्स कारबाहीमा

वीरगंज । भारतको बैङ्ग्लोरको उत्पादित अगरवत्ती भनेर लोकल अगरवत्ति प्याक गरि बिक्री गर्दै आएको जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सलाई उपभोक्ता ठगि गरेको आरोपमा स्थानिय प्रशासनले २ लाख ५१ हजार जरिवाना गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले वीरगंज महानगरपालिकाको वडा नम्बर १६ माँ बैष्णोदेवी मन्दिर नजिकै निरज कुमार गुप्ताको नाममा रहेको जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सले बैङ्ग्लोरको निल पर्फ्युमरी वर्क्सको विभिन्न ब्रान्डको केवडा , चम्पा र रजनीगन्धा अगरवत्तीको खोल  प्रयोग गरी लोकल अगरवत्ती प्याक गरेर बिक्री गर्दै आइरहेको सूचनाको आधारमा अनुगमन गर्दा भारत बैङ्ग्लोरका विभिन्न ब्रान्डका अगरवत्तीको खाली खोल १०० थान र अगरवत्ती समेत बरामद भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिम साविक गुणस्तर, मुल्य ढाटी, झुक्याई बिक्री गरेको कसुर गरेकोले सोही ऐन २०७५ को दफा ३९ को खण्ड ‘घ’ बमोजिम २ लाख ५१ हजार रुपैया अनुगमनकै क्रममा तत्काल जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button