तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो तामाकोशी जलविद्युत आयोजना माघ महिनादेखि सञ्चालनमा आउने

काठमाडौं।दोलखा जिल्लामा निर्माणाधिन बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजना माघ महिनादेखि सञ्चालनमा ल्याउने गरी कामलाई तिब्रता दिइएको छ ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको ४५६ मेगावाट क्षमताको उक्त आयोजना अगामी पुस महिनासम्ममा परीक्षणको काम सकेर माघ महिनामा सञ्चालनमा ल्याउने गरी काम भैरहेको माथिल्लो तामाकोशी आयोजनाले जनाएको छ ।

देशकै ठूलो जलविद्युत आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशीबाट उत्पादित विद्युतबाट बत्ती बाल्न अब धेरै समय कुर्नु नपर्ने भएको छ । देशमा लोडसेडिङ अन्त्य भएको अवस्थामा विदेशबाट आयात भैरहको विद्युतलाई प्रतिस्थापन गर्ने अपेक्षा सहित निर्माण भैरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सकेसम्म माघ महिनाबाट विद्युत उत्पादन शुरु गर्ने गरी काम अन्तिम चरणमा पुगेको माथिल्लो तामाकाशी आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका क्रममा भूकम्प, ठेकेदारको समस्या र अन्तिम चरणमा कोरोनाका कारण तोकिएको समयभन्दा ढिला भएपनि आगामी माघ महिनासम्म विद्युत उत्पादन गर्ने गरी कामलाई तित्र्रता दिइएको बताउनु हुन्छ, माथिल्लो तामाकेशी आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ । उहाँले लकडाउन, ठेकेदारका कारण अपेक्षा भन्दा केही ढिला भएवपनि करिब करिब अव अन्तिम चरणमा आइपुगेको पुस महिना भित्र सबै टेष्टिङ सकेर माघदेखि बत्ती बाल्न सकिने गरी काम भइरहेको बताउनु भयो ।

स्वदेशी लगानीमा निर्माण भैरहको ४५६ मेगावाट क्षमताको माथिल्लो तामोकोशी आयोजना निर्माण पश्चात सुख्खा याममा विद्युतमा स्व निर्भर हुने र वर्षा याममा विद्युत निर्यात गर्न पुग्ने गरी उत्पादन गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठको भनाई छ । उहाँ भन्नुहुन्छ, माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत उत्पाद शुरु भएपनि आयात प्रतिस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवापुग्ने छ ।

आयोजनाले निर्माणकै क्रममा ६८ किलोमिटर सडक विस्तार, विभिन्न स्थानमा पुल निर्माण, शिक्षा, स्वास्थ्यमा स्थानीयको पहुँच बढाउने लगायतका पूर्वाधार विकासका गतिविधिमा उल्लेख्य भूमिका खेल्नुका साथै आयोजनामा सयौं स्थानीयहरुले रोजगारी समेत पाएका छन् ।

आर्थिक वर्ष २०६७– ०६८ देखि निर्माण शुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ४९ अर्ब रुपैयाँ बराबर खर्च लाग्ने अनुमान गरिएको भएपनि विभिन्न समयमा निर्माण कार्यमा भएको अवरोधले काममा ढिलाई हुँदा व्याज लगायतका कारण लक्ष्य भन्दा झण्डै ३ अर्ब बराबर रकम बढी खर्च हुने देखिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button