तपाईँ सुन्दै हुनुहुन्छः

पाँच लाख ८२ हजारभन्दा बढी नगदसहित १० जना जुवाडे पक्राउ

बारा । बाराको सिमरास्थित एक होटलमा कैडा खेलिरहेको समयमा १० जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिमरास्थित पाराडाइज होटलबाट जुवा खेलिरहेको अवस्थामा १० जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नगद पाँच लाख ८२ हजार ५ सय २० रुपैँया, १६ थान कौडा ,म्याट र पाउडर बरामद गरेको छ ।

जीतपुुरसिमरा उपमहानगरपालिकाको वडा नं.२ स्थित पाराडाइज होटलको कम्पाउन्डमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको सबै नाम र ठेगाना जिल्ला प्रहरी कार्यालय बाराले गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेका उनीहरुलाई जुवा मुद्दा अन्तर्गत आवश्यक कार्बाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button