तपाईँ सुन्दै हुनुहुन्छः

वडा सचिवलाई कोरोना देखिएपछि नगरका सेवा बन्द

बाजुरा । बाजुरा जिल्लास्थित बुढीगंगा नगरपालिकाका एक जना वडा सचिवलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरका सेवा ३ दिनका लागि बन्द गरेको छ । नगरपालिकामा एक पछि अर्को गर्दै कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि नगरपालिकाले आगामि आईतबार सम्मका लागि नगरका सेवा बन्द गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी मर्हजनले बताउनु भएको छ।

यस अघि नगर प्रमुख दिपक बिक्रम शाह र बुढीगंगा २ का वडा अध्यक्ष हिरालाल थापालाई समेत कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button