तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरी क्षेत्र नम्बर १ का लागि ४ करोड रकम विनियोजन

सप्तरी । स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संघिय संसद निर्वाचन सप्तरी क्षेत्र नम्बर १ का लागि विनियोजित ४ करोड रकमको योजना छनोट गरिएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले संघिय संसद निर्वाचन क्षेत्रका लागि ४ करोड रुपियाँ बजेटमा सबभन्दा बढी एक करोड रकम कञ्चनरुप नगरपालिकालाई विनियोजन गरिएको छ ।

सप्तरीको संघिय प्रतिनिधि सभाका क्षेत्र नं. १ का प्रत्यक्ष निर्वाचित सांसद डा. सूर्य नारायण यादवको संयोजकत्वमा रहेको समितिको बुधबार जिल्ला समन्वय समितिमा बसेको बैठकले योजना छनोट गरेको प्रतिनिधि सभाकी सांसद सरीता गिरी यादवले बताउनुभयो ।

सांसद सरीता गिरी यादवका अनुसार कञ्चनरुप नगरपालिकामा ७ वटा योजनाका लागि एक करोड अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा ६ योजनाका लागि ८० लाख , हनुमाननगर कंकालिनि नगरपालिकामा ५ योजनाका लागि ६५ लाख, तिरहुत गाउँपालिकामा ५ योजनाका लागि ७० लाख , सप्तकोशी नगरपालिकामा ५ योजनाका लागि ७५ लाख विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रको पूर्वाधार, सडक निर्माण, यातायातका क्षेत्रमा प्राथमिकताका साथँ योजना छनोट गरिएको सांसद गिरीले जानकारी गराउँनुभयो ।

कञ्चनरुप नगरपालिकामा अघिल्लो वर्ष कम रकम विनियोजन भएकोले चालु आर्थिक वर्षमा बढी बजेट विनियोजन गरिएको सांसद सरीता गिरी यादवले बताउँनु भयो ।

जिल्ला समन्वय समितिका नायव सुब्बा गंगाराम साहले ४ करोड मध्ये ३ करोड ९० लाख संसदिय क्षेत्रमा र १० लाख रकम जिल्ला समन्वय समितिको पर्खालको लागि विनियोजन गरिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button