तपाईँ सुन्दै हुनुहुन्छः

रुपनी गाँउपालिकाका निलम्बित वडा अध्यक्षको पुर्नबहाली

 सप्तरी । सप्तरीको रुपनी गाँउपालिका वडा नम्वर १ का वडा अध्यक्ष पिताम्बर यादवको पद पुनः पुर्नबहाली भएको छ ।

२०७५ मसिंर २१ गते उच्च अदालत राजविराज जनकपुर इजलासले उहाँलाई पुरानो मुद्दामा भ्रष्टाचार ठहर भएको सुनाएको थियो । वडा अध्यक्षमा निर्वाचित हुनु अघि जिल्ला शिक्षा कार्यालय उदायपुरमा सव–इन्जिनियको पदमा कार्यरत रहदा भ्रष्टारको मुद्दा लागेको थियो । उहाँलाई सो मुद्दा लागेपछि आफनो १० वर्षे जागिर अवधिबाट राजिनामा दिई तत्कालीन राजपा बाट वडा अध्यक्षका पदमा उमेदबारी दिए पश्चात निर्वाचित भएका थिए ।

निर्वाचित भई सके पछि सोही मुद्दालाई लिएर केही स्थानीयहरुले भ्रटाचारीको मुद्दा लागेको व्यक्तिलाई वडा अध्यक्ष पदमा बस्न नपाउने भन्दै उच्च अदालत राजविराज जनकपुर इजलासमा मुद्दा दर्ता गराएका थिए । सोही मुद्दामा उहाँलाई २०७५ मसिंर २१ गते वडा अध्यक्ष पदवाट निलम्बन गरेको थियो ।

त्यस पश्चात अध्यक्ष यादवले उच्च अदालतमा मुद्दा दोहोर्याई पाँउ भनी निवेदन दिएकोमा सर्वोच्चले २०७७ मसिंर ७ गते भ्रष्टाचारी सम्बन्धी मुद्दा कारबाहीको क्रममा रहेको भन्दै भ्रष्टाचार मुद्दा समेतमा ठहरे बमोजिम कारबाही हुने नै हुदा हाल यादवलाई वडा अध्यक्षको रुपमा कामकाज गर्ने रोक नलगाउनु, रोक लगाउन नदिनु भनी रुपनी गाँउपालिकाको नाउँमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेको हो ।

यसै बिच सोही आदेशलाई आधार मानी शुक्रबार रुपनी गाँउपालिका वडा नम्वर १ को कार्यालयामा आयोजित एक कार्यक्रमका बिच गाँउपालिकाका अध्यक्ष हरेराम यादवले वडा अध्यक्ष पिताम्बर यादवलाई आजै बाट कामकाज गर्ने गरी पुर्नबहाली भएको जानकारी दिनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button