तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १७ का ५१ बर्षीय पुरुष रहेका छन ।

बुधबार कोरोना संक्रमण पुष्टि भएका उनको श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार बेलुका ८ बजेर २७ मिनेट जांँदा चितवन मेडिकल कलेज लगिएको थियो । उनको अस्पताल आउनु पूर्वनै मृत्यु भईसकेको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button