तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्तमा विद्यालय सञ्चालनको तिव्र तयारी, मंसिर १५ वटा विद्यालय सञ्चालन हुने

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमणका कारण वन्द शिक्षण संस्था सञ्चालन हुने भएका छन । सरकारले विद्यालय सञ्चालन सम्वन्धी कार्य ढांचा २०७७ जारी गरी स्थानीय तहलाई अधिकार दिएपछि विद्यालय सञ्चालन प्रक्रिया सुरु गरिएको हो ।

भीमदत्तको आधारभूत तथा माध्यमिक शिक्षा शाखाका शाखा अधिकृत हरिदत्त जोशीले विद्यालय सञ्चालन सम्वन्धी कार्य ढांचाका आधारमा सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनका लागि प्रक्रिया अघि वढाइएको वताउनु भयो ।

विद्यालय सञ्चालनका लागि कोरोना संक्रमणवाट जोगिने सुरक्षा मापदण्ड अपनाउने र सामुहिक रुपमा जिम्मेवारी वहनका लागि सरोकारवाला सवै तयार देखिएको उहाँले वताउनुभयो ।

नगरपालिकाले सवै शिक्षण संस्थावाट मंसिर १० गते भित्र प्रस्ताव आएको र त्यसैका आधारमा मंसिर १५ गतेदेखि विद्यालय सञ्चालन हुने गरी तयारी अघि वढाएको शाखा अधिकृत जोशीले वताउनु भएको छ ।

भीमदत्त नगरपालिकामा सामुदायिक र संस्थागत गरी एक सय २७ विद्यालय रहेका छन । ती विद्यालयहरुमा ३६ हजार पांच सय भन्दा वढि विद्यार्थी अध्ययनरत छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button