तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुपका ५ हजार ९ सय ८ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइँदै

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत नगरभित्रका खोप केन्द्रहरुमा ६ महिना माथि ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई सौहार्दपूर्ण वातावरणमा भिटामिन ए र जुकाको औषधी खुवाइँदै छ ।

५ हजार ९ सय ८ जना बालबालिकाहरुलाई भिटामिन ए तथा जुकाको औषधी खुवाउने लक्ष्य रहेको र नगरपालिका बाहिरका बालबालिकाले समेत भिटामिन ए र जुकाको औषधी खाने अनुमान गरिएको स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button