तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरद्धारा विपन्न छात्रालाई साइकल वितरण

चितवन । भरतपुर महानगरपालिकाले आफ्नो मातहतका वडामा रहेका सामुदायिक विद्यालयका छात्राहरुलाई लक्षित गरी साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । ‘जोखिममा परेका महिलासंँग कार्यक्रम ’अन्तर्गत शुक्रबार वडा नम्बर १०, ८ र १२ का सामुदायिक विद्यालयका २७ छात्रालाई साईकल वितरण गरिएको हो । भरतपुर वडा नम्बर ९ को कार्यालय परिषरमा आयोजित कार्यक्रममा महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नम्बर ९ का अध्यक्ष यमनाथ कंडेल लगायतको उपस्थितिमा ती छात्रालाई साइकल वितरण गरिएको थियो ।

वितरण कार्यक्रममा बोल्दै उपप्रमुख ठकुरीले महानगरभित्र रहेका सामुदायिक विद्यालयका छात्रालाई शिक्षामा पहुंँच पुर्याउन साईकल वितरण गरिएको बताउनु भयो । ‘जनसंख्याको हिसाबले पुरुषभन्दा महिलाको पहुंँच छ उहांँले भन्नुभयो, तर शिक्षामा पुरुष सरह पहुंँच पुगेको छैन ।’ साइकल पाएपछि अधिकांश छात्रालाई समयमै विद्यालय पुग्न र घर फर्कन समेत सहज हुने उहांँले बताउनु भयो ।

यस्ता कार्यक्रमले छात्राको पढाईप्रति आकर्षणसंँगै उत्साह बढ्ने उहांँको भनाई थियो ।

महानगरले विभिन्न चरण गरी यसबर्ष महानगरका १२ वटा वडाका विद्यालयलाई छनौट गरी त्यहांँ अध्ययनरत छात्रालाई साइकल वितरण गरेको हो । हालसम्म ती वडाको गरी ३ सय ३३ साईकल वितरण गरि सकिएको छ ।

नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले आर्थिक तथा सामाजिक रुपमा जोखिममा परेका छात्रालाई साइकल वितरण गरिएको बताउनु भयो । ‘विपन्न, पिछडिएका समुदाय र घरबाट विद्यालयसम्म टाढा रहेका छात्राहरुलाई लक्षित गरी साइकल वितरण गरेका हौं ’ पौडेलले भन्नु भयो । उहाँका अनुसार चालु आर्थिक बर्षमा १२ वटा वडाका छात्राहरुलाई साइकल वितरण गरिएपनि आगामी बर्षहरुमा महानगरका अन्य वडाका छात्राहरुलाई साईकल वितरण गरिनेछ ।

वडा नम्बरका ९ का अध्यक्ष यमलाल कंडेलले यस्ता छात्राहरुलाई साइकल वितरण गर्दा विद्यालय आउन सजिलो र जोखिम कम हुने बताउनु भयो । ‘कतिपय छात्रा घरको काम सकेर विद्यालय आउन ढिला हुने गरेको छ , उहांँले भन्नुभयो, अकोैकुरा उनीहरुको आर्थिक अवस्था साइकल किन्न सक्ने पनि छैन ।’

वडामा रहेको टोल सुधार संस्थासंँग समन्वय गरी दलित, जनजाति, विपन्न समुदायलाई लक्षित गरेर छात्राहरु छनौट गरिएको कंडेलले बताउनु भयो ।

साइकल पाएकी वडा नम्बर ८ शरदपुर माध्यमिक विद्यालयकी छात्रा दिपा विकले आफूले साइकल पाउंँदा निकै खुशी भएको प्रतिक्रिया दिनुभयो । ‘घरको काम गरेर स्कुल जांँदा जहिले हतार हुन्थ्यो, उहांँले भन्नुभयो, अब स्कुल पुग्न र कोचिङ्ग पनि पनि सजिलो भयो ।’ साइकल चढेर विद्यालय जान पाउंँदा पढाईपनि नछुट्ने र समयमै कोचिङ्ग कक्षा घर पुग्न पाउने हुंँदा आफूलाई अत्यन्त खुशी रहेको विकले बताउनु भयो ।

यसअघि पनि महानगरले विभिन्न वडामा रहेका सामुदायिक विद्यालयमा रहेका १२ बर्षभन्दा माथीका विपन्न छात्राहरुलाई लक्षित गरी साइकल वितरण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button