तपाईँ सुन्दै हुनुहुन्छः

गैर कानुनी रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन

कञ्चनपुर । कञ्चनपुरमा ९ वटा क्रसर उद्योग अवैध रुपमा मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ ।

गृह मन्त्रालयले देशभरीका क्रसर उद्योगको अनुगमन गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए अनुरुप कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो नेतृत्वको अनुगमन टोलीले ९ वटा क्रसर उद्योग अवैध र गैर कानुनी तरिकाले मापदण्ड मिचेर सञ्चालनमा रहेको पाइएको हो ।

प्रमुख जिल्ला अधिकारी महतोले जिल्लामा अस्थायी, स्थायी गरी ११ क्रसर उद्योगको सञ्चालनमा रहेका बताउनु भएको छ ।

उहाँले वर्तमान स्थिति बारे अनुगमन गरेर सबै क्रसर उद्योगको प्रतिवदेन गृह मन्त्रालयमा पठाइएको बताउनभयो ।

उहाँले गैर कानुनी रुपमा सञ्चालनमा रहेका उद्योगलाई यथाशिघ्र बन्द गर्न निर्देशन समेत दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button