तपाईँ सुन्दै हुनुहुन्छः

३५० भन्दा बढिलाई स्वरोजगार कार्यक्रममा सहभागी गराउँदै पाँचपोखरी

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सबैभन्दा बढि नागरिकलाई सेवा प्रदान गर्ने भएको छ ।

गाउँकार्यपालिकाको बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम १ करोड ६ लाख, युवा कार्यक्रम ५१ लाख, गाउँपालिकाबाट पारिश्रमिकमा आधारित कार्यक्रम ३० लाख गरी जम्मा १ करोड ८८ लाख छुट्याईएको गाउँपालिकाका सल्लाकार विजय पौडेलले जानकारी दिनुभयो ।

उक्त रकम ३ सय ५५ जना कामदार लाई न्युनतम १०० दिन काम लगाउने गरि सबै वडाहरुमा विबिनयोजन गरिएको वडा नम्बर २ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता पासाङ तामाङले जानकारी दिनुभयो ।

गाउँपालिकाका कार्यपालिकाको बैठकले निर्णय अनुसार वडा नं १ रु २२ लाख ४५ हजार, वडा नं २ रु २९ लाख ३० हजार, वडा नं ३ रु १५ लाख ५० हजार र वडा नं ४ रु २० लाख १० हजार रहेको छ ।

त्यस्तै वडा नं ५ रु १७ लाख ८० हजार वडा नं ६ रु २९ लाख ३६ हजार, वडा नं ७ रु २४ लाख ७० हजार र वडा नं ८ रु २७ लाख बजेट रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button