तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीले बनायो सुविधा सम्पन्न फोहोर मैला व्यवस्थापन केन्द्र

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले सुविधा सम्पन्न फोहोर मैला ब्यवस्थापन केन्द्र बनाएको छ ।

मेलम्ची नगरपालिका–११ सिम्लाबगरमा निमार्ण गरिएको केन्द्रमा नगरभित्रका बजार क्षेत्रका फोहोर संकलन गरि त्यहाँ ब्यवस्थापन गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

१ करोड ३४ लाख ८ हजार ५ सय ९४ रुपैँयामा सम्झौता भई जुगल हिम शिखर केदार निमार्ण सेवाले ठेक्का पाएको थियो । अहिले ७५ प्रतिशत काम सकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

यो केन्द्रमा कुहिने, नकुहिने ,जस्तापाता र सिसी बोतलहरुको छुट्टाछुट्टै ब्यवस्थापन गरी कुहिने चिजलाई मल बनाउने, नकुहिने तर पुनप्रयोग गर्न मिल्नेलाई पुन प्रयोग गर्ने गरी काम गर्ने योजना रहेको मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्यालले बताउनुभयो ।

नगरप्रमुख अर्यालका अनुसार फोहोरलाई मोहोरमा परिणत गर्नका लागि काम भइरहेको छ । अहिले हप्ताको २ दिन नगरपालिकाको गाडीले मेलम्ची बजारको फोहोर उठाइरहेको छ तर यस्लाई आवश्यकताको आधारमा बढाउँदै र अन्य तालामाराङ, बाहुनेपाटी जस्ता बजारहरुबाट पनि फोहोर सङ्कलनको कार्य अगाडि बढाइने उहाँले बताउनुभयो ।

फोहोरलाई फोहोरको स्रोतमा नै बर्गीकरण गरेर फोहोर उठाउने र त्यसलाई प्रशोधनपछि पुन प्रयोगमा ल्याइ आयआर्जनमा परिणत गर्ने योजना नगरपालिकाका रहेकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button