तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ 

सप्तरी । सप्तरी  प्रहरीले लागु औषधसहित एक युवकलाई आज बिहान पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको विशेष टोलीले हनुमान नगर कंकालिनी नगरपालिका वडा नं १० का सूर्य देव मण्डलको छोरा बर्ष ३२ को राजिव मण्डलले आफ्नै घरमा नेपालमा प्रतिबन्धित लागू औषध राखी बिक्री वितरण गरी राखेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा लागू औषध राखी बिक्री वितरण गरेको पाइएकोले उनलाई पक्राउ गरेको हो ।

मण्डलको घरबाट नाईट्रोसन ५१ ट्याब्लेट, नाईट्राभेट ८३ ट्याब्लेट , स्पास्मो प्रोसिभन ७५ क्पासुल, डाईलेक्स डि.सि. १० बोतल र गाँजा १२५ ग्राम र निजले प्रयोग गर्ने गरेको स्यामसुङ कम्पनीको मोबाइल १ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मण्डललाई लागू औषध मुद्दामा म्याद थप भई सो मुद्दाको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button