तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य बीमा बोर्डका पदाधिकारीद्वारा शपथ

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डका नवनियुक्त पदाधिकारीले आज शपथ लिनुभएको छ ।

बोर्डका अध्यक्ष डा सेनेन्द्र उप्रेतीले बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलासहित सदस्यहरु डा तारा साह, इन्द्रकला राई र टीका चापागाईं भट्टराईलाई आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललको उपस्थितिमा शपथ गराउनुभएको हो ।

उक्त समारोहमा मन्त्री ढकालले बीमा कार्यक्रमलाई देशभरी नै पुर्याउनुपर्ने बताउनुभयो । उहाँले बीमा कार्यक्रमबारे नागरिकलाई थाहा नभएर सेवा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले चाँडै नै बीमा योजना पारित गरेर कार्यन्वयनतर्फ लैजाने उल्लेख गर्नुभयो ।

नवनियुक्त कार्यकारी निर्देशक डा बसौलाले बीमा कार्यक्रम नपुगेका जिल्लामा यसै आर्थिक वर्षमा पु¥याउने बताउनुभयो । उहाँले जनचेतनाको अभावले मानिसहरु अझै पनि बीमा नगराएकाले सबै स्थानीय तहमार्फत बीमा गराउनका लागि जनचेतना फैलाउने जानकारी गराउनुभयो ।

मन्त्रालयले लागू गरेको बीमा कार्यक्रम ६० जिल्लाका ५९७ स्थानीय तहमा लागू गरिएको छ । पाँच जना सदस्य भएका परिवारले वार्षिक रु तीन हजार ५०० को बीमा गरे वार्षिक रु एक लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउने गर्दछन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button