तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले धानको समर्थन मुल्य तोकेपनि किसान विचौलियाकै भरमा

सप्तरी । धानबाली लगाउने समयमा सरकारले धानको समर्थन मुल्य तोके पनि अहिले धान भित्रियाउँदा सरकारले खरिद गर्ने नसकेकाले बिचौलियाहरुकै भर पर्नुपरेको बाध्यता रहिरहेकोले किसानहरु चिन्तित बनेका छन ।

असोजको दोस्रो साता प्रदेश २ र संघीय सरकारको समन्वयमा धानको न्युनतम समर्थन मुल्य निर्धारण गरी सरकारले समेत खरिद गर्ने निर्णय गरेको थियो । त्यती बेला सरकारले प्रति क्विन्टल मोटो धान २ हजार ७ सय ३५ रुपैयाँ, मध्यम २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो ।

सरकार आफैंले मुल्य निधारण गरे पनि धान नकिनिदिँदा प्रति क्विन्टल १८ सय देखी २ हजार सम्ममै बिचौलिया, मिलवाला तथा काँटावालाकै शरणमा गई बेच्नुपर्ने बाध्यता रहेको तिलाठीकोइलाडी गाँउपालिकाका किसान बिनोद मण्डलको गुनासो छ ।

किसानले प्रमुख बाली धान पाकेपछि त्यही बेचेर वर्षभरिको गर्जो टार्ने गर्दछन् । बिहेवारी, बालबच्चाको पढाईलेखाई, औषधीमूलो तथा लत्ताकपडाको जोहो समेत अधिकांश किसानले यही धानै बेचेर गर्ने गर्दछन् ।

समयमा उचित मूल्य नपाएपछि घाटै लगाएर बेच्नुको विकल्प नरहेको छिन्नमस्ता गाँउपालकाका किसान कपिल मुखियाले आफनो दुखेसो पोखे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button