तपाईँ सुन्दै हुनुहुन्छः

सजगतापूर्वक लगानी गर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्ताहरुलाई सुसूचित भई सजगतापूर्वक लगानी गर्न आग्रह गरेको छ ।

पछिल्लो समय दोस्रो बजारको कारोबार रकम र नेप्से सूचकमा नयाँ रेकर्ड कायम भएपछि बोर्डले लगानीकर्ताहरुलाई त्यसतो आग्रह गरेको हो ।

बोर्डले दोस्रो बजारमा कायम भएको नयाँ रेकर्ड पूँजी बजारको लागि खुशिको विषय रहेको जनाउदै लगानीकर्ताहरुले पूँजी बजारको स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाको आधारभुत तथा प्रविधिक पक्ष ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतको विश्लेषण गरी लगानी गर्न आग्रह गरेको छ ।

धितोपत्र बजारको नियामक निकाय बोर्डले मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पूँजीबजारको विकास र बिस्तार त्यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण समेत गरिरहेको जनाएको छ ।

बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको जनाएको छ बोर्डले नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेको जनाउदै नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य रुपमा वृद्धि भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button