तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक अहिले सम्मकै उच्च विन्दुमा

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.४६ प्रतिशत अर्थात २८.७९ अंकले बढेर अहिले सम्मकै सबै भन्दा उच्च विन्दुमा पुगेको छ ।

यस दिन परिसुचक १९९७.०५ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस अघि आइतबार नेप्से १९६८.२७ विन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको थियो । दैनिक उच्च भोल्यूमसहित बजारले पुराना रेकर्डहरु तोड्दै नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरु बजार प्रति उत्साहित भइरहेका छन् ।

सोमबार कारोबारको प्ररम्भीक चरणमा नै परिसुचक बढेर २०२८.४५ विन्दुमा पुगे पनि कारेबारको अन्त्यमा तल झरेको थियो ।

परिसुचकमा वृद्धि भए पनि आइतबारको तुलनामा सोमबारको कारेबार रकम भने केही घटेको छ ।

बजारमा सोमबार १९८ कम्पनीहरुका ८३ हजार ५६७ पटकको कारोबारबाट ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार रुपैयाँ बराबरका २ करोड ५१ लाख ९१ हजार कित्ता शेयरहरुको किनबेच भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button