तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ३३७ एचआईभी संक्रमित, महिला भन्दा पुरुष बढी

तनहुँ । तनहुँमा ३३७ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाका अनुसार १६५ पुरुष, १४३ महिला, १३ जना बालक, १४ जना बालिका र २ जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ ।

तनहुँमा अहिलेसम्म ४१ जना संक्रमितको मृत्यु भएको छ । जसमा १३ जना महिला, २५ जना पुरुष, १ जना बालिका र २ जना बालक रहेका छन् ।

जिल्लामा २०७७ सालको कात्तिक मसान्त सम्ममा २ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् । जसमा १ जना महिला र १ जना पुरुष हुन् ।

दमौली अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र (एआरटी सेन्टर)का अनुसार गएको गत ७ महिनामा ९ सय ३३ जनामा एचआईभी परीक्षण गर्दा २ जना नयाँ एचआईभी संक्रमित पत्ता लागेको एआरटी काउन्सिलर सुस्मिला खनालले बताउनुभयो ।

नेपालमा करिब ३० हजार जनामा एचआईभी संक्रमित भएको अनुमान छ । हालसम्म २३ हजार १३७ जनामा एचआईभी पत्ता लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button