तपाईँ सुन्दै हुनुहुन्छः

‘आफ्नै छोरीको चौरासी हेर्न पाउने भाग्यमानी आमा’

चितवन । आफ्नै छोराछोरीको चौरासी पूजा हेर्न पाउने भाग्यमानी बाबु आमा बिरलै भेटिन्छन्, तर रत्ननगर–९ निवासी १ सय ३ बर्षिया खगेश्वरी आचार्यले त्यो सौभाग्य प्राप्त गर्नुभएको छ ।

बाग्लुङ्ग जिल्लामा जन्मनुभई वि।सं। २०२७ सालमा चितवन बसाइसराइ गरी आउनुभएको खगेश्वरी आचार्य सो समयदेखि नै आफ्नै सन्तानहरूको साथ रत्ननगर–९ ढिकुवामा बसोबास गर्दै आउनुभएको छ ।

खगेश्वरी आचार्यको ज्येष्ठ सुपुत्री गीता लक्ष्मी पौडेलको चौरासी पुजामा दिनभर उहाँ छोरीको गतिविधि हेर्दै हुनुहुन्थ्यो । आफ्नै छोरीको चौरासी पूजा हेर्दा कस्तो लाग्यो भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ “निकै रमाइलो अनुभूति भइरहेको छ, जेठी छोरीको चौरासी हेरियो अब बाँकी छोरी अनि छोराको चौरासी पनि हेर्छु” ।

खगेश्वरी आचार्यको कान्छी छोरी ८१ बर्ष, जेठो छोरो ७७ बर्ष, माइलो छोरो ७४ वर्षमा आफ्नो दैनिकी स्वस्थताका साथ बिताइरहनु भएको छ । २ वर्षअघि उहाँले कान्छो छोरोलाई भने गुमाउनु भएको थियो ।

त्यस्तै उहाँका २८ जना नाति, नातिनी तथा ३ दर्जन बढी पनाति, पनातीना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button