तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृतिको साम्राज्य हारेको छैनः मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताउनुभएको छ ।

साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा साझा प्रकाशनले आयोजना गरेको ‘साझा प्रकाशनः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा मन्त्री अर्यालले साझा प्रकाशनले अक्षरमार्फत नेपाली भाषा, साहित्य, कला–संस्कृति, शिक्षा र समग्र वाङ्मयको विकासका, विस्तार र उन्नयनमा उच्च भूमिका खेलेको बताउनुभयो ।

संस्थाको प्राण भनेको आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प भएको भन्नुहुँदै मन्त्री अर्यालले यसमा देखिएका कमीकमजोरी सच्याएर साझा प्रकाशनलाई अझैपनि आकर्षक संस्था बनाउन सकिने बताउनुभयो ।

मन्त्री अर्यालले विगतको विरासत र गौरवलाई जोगाउनका निम्ति अहिलेको नेतृत्वलाई महत्वपूर्ण भूमिका खेल्न समेत आग्रह गर्नुभयो । सहकारी संस्थामार्फत सञ्चालित संस्था भएका कारण सहकारिताको मर्म, मूल्य र मान्यतामा रहेर साझा प्रकाशन सञ्चालन गर्न आग्रह गर्दै मन्त्री अर्यालले आधुनिक प्रविधिकिो प्रयोगद्वारा छापाखाना–प्रेस सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button