तपाईँ सुन्दै हुनुहुन्छः

खसभाषामा आधारित शब्दकोष प्रकाशनको तयारी

जुम्ला । जुम्ली खसभाषाका आधारित ‘खसिया आखार’शब्दकोष प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । २०६४ सालदेखि लेख्न शुरु गरिएको खस भाषामा आधारित शब्दकोष करिब डेढ दशकपछि प्रकाशन हुन लागेको हो ।

बजेट अभावमा समयमै प्रकाशन हुन सकेको शब्दकोष आर्थिक स्रोत जुटेपछि प्रकाशन गर्ने तयारी भईरहेको खसिया आखार शब्दकोषका सम्पादक तथा संस्कृत विद रमानन्द आचार्यले बताउनुभयो । उहाँका अनुसार कणाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने खबर आएपछि प्रकाशन कार्यलाई तीब्रता दिइएको हो ।

७० वर्ष नाघिसकेका सम्पादक आर्चायले २०६४ सालदेखि लेख्न शुरु गर्नुभएको शब्दकोष हाल कम्यूटर टाईपिङ भइरहेको छ । खस शब्दकोष लामो समयसम्म स्रोत नजुटेपछि प्रकाशनको अन्यौल भएको थियो । तर अहिले सामाजिक विकास मन्त्रालयले शब्दकोष प्रकाशनका सहयोग गर्ने भएपछि सहज भएको हो ।

प्रकाशनमा लाग्ने खर्च करिब ३२ लाख बराबरको परियोजना प्रस्तावना पठाईएको सम्पादक आर्चायले जानकारी दिनुभयो । यता खसिया आखार समितिका सदस्य प्रकाश चन्द्र खत्रीका अनुसार मन्त्रालयलाई ३२ लाखभन्दा बढीको पुस्तक प्रकाशन गर्ने परियोजना प्रस्ताव पठाइएको छ ।

उहाँले तत्कालीन साम्राज्यको राजधानी सिञ्जा र सिंजाबाटै खसभाषाको उत्पति भई अहिले राष्ट्रिय भाषाको रुपमा परिणत भएकाले खस शब्द भाषालाई जोगाई राख्न शब्दकोष भविष्यमा महत्वपूर्ण दस्तावेज हुने भएको बताउनभयो ।

नेपालकै ऐतिहासिक दस्तावेज प्रकाशन गर्न मन्त्रालयलाई छिटो बजेट पठाउन आह्वान सहित माग गरिएको छ । सम्पादक तथा ज्येष्ठ नागरिक आचार्यले २५ हजारभन्दा बढी खस शब्द समेटिएको उक्त पुस्तक प्रकाशनको तयारीका लागि सिंजाका स्थानीय तहसँग सहयोग माग्ने बताउनुभयो । हाल शब्दकोषको अ देखि न सम्म कम्यूटर टाईपिङ भईसकेको आचार्यले जानकारी दिनुभयो ।

तत्कालीन समयमा जिल्ला विकास समिति हुँदा स्थानीय विकास अधिकारी तिलक पौडेलको पहलमा शब्दकोष लेख्नुपर्ने, यसले भविष्यका लागि महोत्वपुर्ण दस्ताबेज हुने भन्दै शब्दकोषको तयारी अगाडि बढेको थियो ।

खसिया आखार शब्दकोष समितिमा सम्पादक आचार्यसहित सदस्यहरु खस संस्कृतिका जानकार तंगनाथ उपाध्याय, दयादत्त हमाल, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाई सहितको ५ सदस्यीय समिति गठन गरिएको थियो । अब समितिले चाँडै प्रकाशनमा ल्याउने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button