तपाईँ सुन्दै हुनुहुन्छः

‘स्पोर्ट्स फर अल’ कमिसनको अध्यक्षमा पुनः श्रेष्ठ चयन

काठमाडौं । नेपाल ओलम्पिक कमिटि अन्तरगत रहेको ‘स्पोर्ट्स फर अल’ कमिसनको अध्यक्षमा पुनः विष्णु गोपाल श्रेष्ठ चयन हुनुभएको छ ।

ओलम्पिक कमिटीले शुक्रबार श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय समिति चयन गरेको हो । यस अघि पनि कमिसनको अध्यक्षमा श्रेष्ठ नै रहनुभएको थियो ।

स्पोर्ट्स फर अल ओलम्पिक कमिटिका कमिसनमध्ये सबैभन्दा सक्रिय कमिटी हो ।

कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम गर्ने भएको छ । कमिसनका अध्यक्ष श्रेष्ठले आउने वर्षमा खेलकुदबारे जनचेतना बढाउन धेरैभन्दा धेरै कार्यक्रम गर्ने जानकारी गराउनुभयो ।

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संस्थाले आम नेपालीमा खेलकुदको महत्व र आवश्यकताबारे बुझाउन सफल हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

‘खेलकुद खेलाडीसँग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ,’ भन्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button