तपाईँ सुन्दै हुनुहुन्छः

नेताले महाधिवेशन कुर्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा

पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटा शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठठेमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे पक्की भवन उदघाटन पश्चात कक्षाकोठा निरीक्षण गर्दै । 

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपामा अहिले पद चाहिने पार्टीको आउँदो महाधिवेशन कुर्न आग्रह गर्नुभएको छ ।

उहाँले नेपाल सरकार तथा एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (शिक्षा)को विपद् उत्थानशील विद्यालय परियोजनामार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठ्ठेमा शुक्रबार सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे नवनिर्मित भवनको उद्घाटनका क्रममा नेकपामा पदको चाहना गर्नेले धैर्यता राखेर महाधिवेशन कुर्न आग्रह गर्नुभयो ।

 पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटा शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठठेमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे पक्की भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै । 

नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका बाँस्कोटाले महाधिवेशन कुर्न पनि धैर्यताको वैज्ञानिक आधार हुनुपर्ने बताउनुभयो । “पार्टीभित्र व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रनु हुन्न, यसले समस्या झन बल्झाउँछ, तथ्यगत रुपमा बहस–विमर्श हुनु जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले नेकपा मिलाउने जिम्मा नेकपाकै भएकाले नेकपा नफुट्ने दाबीसमेत गर्नुभयो । “नेकपा फुट्न पनि सक्दैन, फुट्न पनि दिइने छैन”, उहाँले थप्नुभयो ।

 पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई शुक्रबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङस्थित रिठठेमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालयको तीनतले १२ कोठे पक्की भवन उदघाटन समारोहमा जाने क्रममा स्थानीयद्वारा फूलमालाले स्वागत ।

बाँस्कोटाले नेकपामा विवादमा अधिकतम सैद्धान्तिक, वैचारिक, राजनीतिक र तथ्यगत विषयको टुङ्गो लाग्नुपर्ने बताउनुभयो । “जनताको चाहना नेकपा एक भएको हेर्ने नै छ, छ–छ महिनामा सरकार फेरिएको हेरिरहेका जनताले पाँचवर्षे एउटै सरकार भएको हर्ने चाहना हो, त्यसमा पनि राजनीतिक स्थिरता मूल कुरा हो”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button