तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत कञ्चनपुर कृष्णपुर नगरपालिका–२ का ५८ वर्षीय पुरुषको आज मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।

गम्भीर प्रकारको निमोनिया भई १५ मङ्सिरमा अस्पताल भर्ना हुनुभएको पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

मङ्सिर १४ गते धनगढीकै एक निजी अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

अहिलेसम्म अस्थायी कोरोना अस्पतालमा उपचाररत २१ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button