तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षित मातृत्वका लागि ‘अध्यक्षसँग गर्भिणी’ कार्यक्रम

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा ‘अध्यक्षसँग गर्भिणी’ कार्यक्रम सञ्चालन गरिएको छ । सुरक्षित मातृत्वका लागि बर्थिङ सेन्टरमा सुत्केरी गराउन यो कार्यक्रम ल्याइएको हो । गाउँपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लाई ‘पोषण भत्ता’समेत उपलब्ध गराउने भएको छ ।

आमा र बच्चालाई कुपोषित हुनबाट बचाउन गाउँपालिकाले प्रदान गर्ने पोषण भत्ता सहयोगी बन्ने गाउँपालिकाकी अध्यक्ष माया रानाले बताउनुभयो । रानाले पालिकाको जननिर्वाचित पदाधिकारीले भत्ता रकम कटौती गरेर कार्यक्रम ल्याईएको जानकारी दिनुभयो ।

उहाँले सुत्केरी भएको समयमा पोषणयुक्त खानेकुरा खाने र राम्रोसँग आफु र बच्चाको हेरचाह गर्न सके रोग प्रतिरोधात्मक क्षमता पनि बढ्ने जनाउदै प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ प्रदान गर्न थालिएको बताउनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा ‘अध्यक्षसँग गर्भिणी’ कार्यक्रम समावेश भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अधिकारी यो कार्यक्रम पश्चात् बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको सङ्ख्या बढ्ने अपेक्षा रहेको बताउनुभयो । “बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने पालिका भित्रका आमालाई शिशुको जन्मदर्ता पश्चात एकमुष्ट नगद तीन हजार रुपैयाँ उपलब्ध गराईने छ” उहाँले भन्नुभयो ।

चालु आर्थिक बर्षको यो अवधिमा गाउँपालिकाको स्वास्थ्य केन्द्रमा सुत्केरी भएका ३१ महिलालाई शुक्रबार पोषण भत्ता प्रदान गर्नुभयो ।

साथै सुत्केरी आमा र शिशुको स्वास्थ्य राम्रो राख्न मद्धत पुर्याउने थर्पु स्वास्थ चौकिकी अनमी सम्झना राना आले, जामुने स्वास्थ्य चौकिकी अनमि नानुमाया आले, सामाजिक परिचालिकाहरु अनिता वाग्ले, सत्य श्रेष्ठ, अनिता शाही र ऐश्वर्य श्रेष्ठलाई जनही नगद ३ हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button