तपाईँ सुन्दै हुनुहुन्छः

देशभर थप २ हजार २ सय ६ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । कोरोना संक्रमणबाट आज देशभर २ हजार २ सय ६ जना निको भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनको कूल संख्या २ लाख २४ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार नेपालमा हाल संक्रमण मुक्त हुनेको दर ९३ दशमलव ४ प्रतिशत रहेको छ ।

यस्तै आज देशभर थप १ हजार २४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ७४ वटा पिसिआर परिक्षण गर्दा ६ सय २२ पुरुष र ४ सय २ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको कूल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।

आज देशभर १४ हजार २ सय ५५ जना कोरोना भाईरसका संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ हजार २ सय ६३ जना होम आईसोलेसनमा रहेका छन् भने ३ सय १२ जनाको आई.सी.यू मा राखेर उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button