तपाईँ सुन्दै हुनुहुन्छः

बाराका स्थानीय तहले मनाए महिला स्वास्थ्य स्वयं सेविका दिवस

बारा । बाराका स्थानीय तहहरुले १७ औँ महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाएका छन् ।

जिल्लाका निजगढ नगरपालिका र परवानीपुर गाउँपालिकाले १७ औँ महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाएका हुन् ।

निजगढ नगरपालिकाले आफनो सभाहलमा एक कार्यक्रमको आयोजना गरी नगरभित्रका स्वयंसेबिकाहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रिया पुर्ब नगरपालिकाले शहिद चोक देखि नगरपालिकाको कार्यालयसम्म र्याली निकालेको थियो ।

कोरोना महामारी तथा नगरको स्वास्थ्य क्षेत्रमा पुरयाएको महत्वपुर्ण योग्दानको निजगढ नगरपालिकाको नगर प्रमुख सुरेश कुमार खनालले प्रशंसा गरेका थिए । उहाँले स्वयं सेविकाहरुले भोग्दै आएको समस्याप्रति नगरपालिका गम्भीर रहेकाले त्यसको सम्बोधनतर्फ लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

उत्कृष्ट कार्य गर्ने साबिक रत्नपुरी, निजगढ र सिँगोल गा.बि.सका तीन जना महिला स्वय सेबिकाहरुलाई दोसल्ला ओढाई सम्मानसहित प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो ।

त्यस्तै परवानीपुर गाउँपालिकाले १७ औँ महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा प्रत्येक स्वयं सेबिकाहरुलाई १–१ थान मोबाईल, टर्चलाईट, छाता र ब्याग वितरण गरेको छ ।

स्थानीय निर्वाचन हुनुभन्दा अगाडि मासिक ५ सय पाउँदै आएका स्वय सेवीकाहरुले चालु आर्थिक वर्ष देखि दुई हजार रुपैया पाउने ब्यवस्था गरिएको निजगढ नगरपालिकाले जनाएको छ ।

परवानीपुर गाउँपालिका वडा नं.२ का उत्कृष्ट स्वयं सेबिकाहरुलाई गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले सम्मान गरी प्रमाण पत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button