तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टिन सञ्चालन भएका विद्यालयका पदाधिकारीलाई तालिम

बारा । बारामा क्वारेन्टिन सञ्चालन भएका विद्यालयका पदाधिकारीहरुको लागि तीन दिने मनोपरामर्श तालिम सञ्चालन गरिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्रको आयोजनामा भएको तिन दिने तालिममा क्वारेन्टिन सञ्चालन भएका विद्यालयहरुका ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक र एक जना महिला सदस्यलाई सहभागी गराईएको छ ।

तालिममा २५ जना सहभागीहरुलाई प्रदेश २ शिक्षा, तालिम केन्द्रका प्रमुख गोपाल प्रसाद कँडेल र शाखा अधिकृत राज भण्डारीले मनोपरामर्श तालिम दिनुभएको थियो ।

जिल्लामा क्वारेन्टिन बनाईएका विद्यालयहरु नियमित सञ्चालनमा आएपनि अविभावकहरु कोरोना संक्रमित बसेको विद्यालय भन्दै विद्यार्थी पठाउन हिचकिचाउने गरेका छन् ।

त्यही गलत मानसिकतालाई चिर्न शिक्षा तालिम केन्द्रले मनोपरामर्श तालिमको आयोजना गरेको तालिममा सहभागि जनता माध्यमिक विद्यालय, करैयामाईका प्रधानध्यापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।

पहिलो चरणको तालिममा बाराका पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, निजगढ नगरपालिका, करैयामाई गाउँपालिका र फेटा गाउँपालिकाका क्वारेन्टिन सञ्चालन भएका विद्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

दोस्रो चरणमा सञ्चालित हुने मनोपरामर्श तालिममा जिल्लाका बाँकी स्थानीय तहमा क्वारेन्टिन सञ्चालन भएका विद्यालयका पदाधिकारीहरुको सहभागिता रहने शिक्षा तालिम केन्द्र बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button